एजेन्सी ।
मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ५ हजार रन पुरा गर्ने तेस्रो खेलाडी बनेका छन् । शर्मा आईपीएल इतिहासको महत्वपूर्ण किर्तिमान कायम राख्ने तेस्रो सफल ब्याट्सम्यान बनेका हुन् ।
यो उपलव्धी भारतीय पूर्व खेलाडी सुरेस रैना र अहिलेका भारतीय कप्तान विराट कोहलीको नाममा छ । रोहितपछि आईपीएल इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सुचीमा अष्ट्रेलियाका डेभिड वार्नर छन् । उनले १ सय ४७ पारिमा ४ हजार ७ सय ७३ रन बनाएका छन् ।

आईपीएलको १३ औं संस्करणअन्तर्गत युएईमा जारी खेलमा किंग्स ११ पञ्जावविरुद्ध पहिलो बलमानै चौका हिर्काउँदै रोहितले यो उपल्ब्धी हाँसिल गरे । उनी ५ हजार रनको उपलब्धीबाट यसअघि मात्र चार रन टाढा थिए । रोहितले यो उपलब्धीका लागि १ सय ८७ पारि खेलेका छन् । उनीभन्दा अघि २००८ मा आईपीएल डेब्यू गरेका सुरेस रैना छन् । उनले २०१९ मा ५ हजार रनको अंकडा पुरा गरेका थिए । सुरेसले ५ हजार रन बनाउन १ सय ७३ पारि खेलेका थिए । यस्तै आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको पहिलो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान बिराट कोहली छन् । उनले १ सय ५७ पारि खेल्दै ५ हजार रन पुरा गरेका थिए । कोहलीले आइपीएल इतिहासमा ५ शतक र ३६ अर्धशतक हानेका छन् ।
पञ्जाबविरुद्धको खेलमा ५ हजार रन पुरा गरेका रोहित शर्माले अहिलेसम्म आईपीएलमा ३७ अर्धशतक र १ शतक हानेका छन् । उनको आईपीएलको उच्च स्कोर अविजित १ सय ९ रन हो । रोहितले आईपीएलमा अहिलेसम्म १ सय ९१ क्याप जितेका छन् ।