काभ्रे / युवा व्यावसायी तथा समाजसेवी होम प्रसाद गौतम (मुकुन्द) सम्मानीत भएका छन् । उनी आन्तरिक राजस्व कार्यलय भक्तपुरबाट सम्मानीत भएका हुन् । आन्तरिक राज्वस्व कार्यलय भक्तपुरले आफ्नो एक कार्यक्रम बिच गौतमलाई सम्मान गरेको हो ।
मिहेनती, सरल तथा लगनशील स्वभावका गौतम मेडिकल क्षेत्रका युबा व्यावसायी हुन । उनी मेडिकल सामान आयत-निर्यात गर्दछन । काभ्रेको चौंरीदेरालीमा जन्मिएका गौतम सामाजिक कार्यमा पनि उतिकै सरल स्वभावका मानिन्छन्। समाजका हरेक ब्यक्ति लाई आदार गर्ने र युबा अगाडि आउनु पर्छ भन्ने धारणा गौतममा छ ।
मिहेनत गरेरनै सफलताको यात्रा तय हुन्छ भन्ने उनलाई जानकारी थियो र त्यसै काममा लगनशील भएर गौतम अघि बढे । स्वच्छ पारदर्शी कर प्रणालीमा राज्यलाई गरेको सहयोग र योगदानको कदरसहित सम्मान गरिएको आन्तरिक राजस्व कार्यलय भक्तपुरले जनाएको छ। जन्म दिन को शुभ अबसरमा गौतम सम्मानित भएका हुन ।