युभेन्ट्स र बार्सिलोना एकै समुहमा

खेलकुद
Spread the love

एजेन्सी ।  फुटबलर क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी यो सिजनको च्याम्पियन्स लिग फुटबलको समुह चरणमा भेट हुने पक्का भएको छ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजन २०२०–२१ को ड्रमा बार्सिलोना र युभेन्टस एकै समुहमा परेपछि मेस्सी र रोनाल्डो पहिलो पटक समुह चरणमा भेट हुने पक्का भएको हो ।

बिहीबार भएको ड्रमा इटालियन च्याम्पियन युभेन्ट्स र स्पेनिस ला लिगा फुटबलको यो सिजनको उपविजेता बार्सिलोना समूह ‘जी’ मा परेका छन् ।  बिहीबार पूर्व फुटबलर फ्लोरेन मलुडा र डिडिएर ड्रोग्बाको उपस्थितीमा भएको ड्र कार्यक्रमा इटालियन च्याम्पियन तथा च्याम्पियन्स लिगको पहिलो बरियतामा रहेको युभेन्ट्सले समुह बीको बार्सिलोनालाई एउटै ग्रुपमा प्रतिद्वन्दी पाएको हो ।

च्याम्पियन्स लिगमा ८ समूहका लागि युइएफए वरियताकै आधारमा पहिलोमा बायर्न म्युनिख, सेभिल्ला, रियल मड्रिड, लिभरपुल, युभेन्ट्स, पेरिस सेन्ट जर्मेन (पीएसजी) जेनिथ सेन्ट पिटर्सबर्ग र पोर्टो लाई राखिएको थियो । यी आठ टोलीलाई गएको सिजन च्याम्पियन्स लिग र युरोपा लिगको विजेता (बार्यन र सेभिल्ला) तथा बिभिन्न देशका लिग विजेता भएको आधारमा एक/एक समुहमा राखिएको हो । यस्तै बार्सिलोना सहितका टोलीलाई दोस्रो समुहमा राखिएको थियो ।

दोस्रोमा बार्सिलोना, एथ्लेटिको मड्रिड, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, शख्तर डोनेस्क, बोरुसिया डर्टमण्ड, चेल्सी र आयाक्स थिए । यस्तै तेस्रोमा डायनामो किभ, साल्जवर्ग, आरबी लाइप्जिग, इन्टर मिलान, ओलम्पियाकोस, लाजियो, क्रस्नोडार र एटलान्टा तथा चौथोमा लोकोमोटिभ मस्को, मार्से, क्लब ब्रुग, बोरुसिया मोन्चेग्लाडवाक, स्तानबुल बासाकेसिर, मिड्जेल्याण्ड, रेनेस र फेरेनजारोस राखिएको थियो ।

सम्पन्न ड्र अनुसार समुह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिख र स्पेनिस महारथी एथ्लेटिको मड्रिड छन् । यस्तै एफसी साल्जबर्ग र लोकोमोटिभ मस्को पनि समुह ‘ए’ मा रहँदा समुह ‘बी’ मा रहेको स्पेनिस महारथी रियल मड्रिडले शाख्तार डोनेस्क, इन्टर मिलान र बोरुसिया मोन्चेनग्लाडवाक प्रतिद्वन्दी पाएको छ । प्रिमियर लिग विजेता लिभरपुलले नेदरल्याण्डको यायाक्स र इटालिको एटलान्टालाई आफ्नो समुहमा पाउँदा युरोपा लिग विजेता सेभिल्लाले प्रिमियर लिग क्लब चेल्सी प्रतिद्धन्दी पाएको छ । यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रिमियर लिगकै म्यान्चेस्टर युनाइटेडसंग समुह चरणमा भेट्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *