मुम्बईसंग पञ्जाब पराजित

खेलकुद
Spread the love

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित हात पारेको छ । युएईमा बिहीबार सम्पन्न खेलमा मुम्बईले किंग्स इलाभेन पञ्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे । क्रिश्नापा गोथ्वामले अविजित २२ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २–२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *