मन्त्री ढकालले अस्पतालका निर्देशकहरुलाई दिए ठाडो निर्देशन

शिक्षा/स्वास्थ्य
Spread the love

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रत्यक नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् ।

सरकारले स्वास्थ्य सामग्रीको कमी हुन नदिन , चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उचच राख्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरुलाई अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका हुन।

देशभरका अस्पतालका निर्देशकहरूसँग मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै सो निर्देशन दिएका थिए । नजिकै आइरहेको चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए ।

छलफलमा नेपालभरका बिभिन्न अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए । उनीहरूले कोभिड १९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले गरिदिनुपर्ने काम लगायतका विषय मन्त्रीसँग राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *