प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदिप खड्का र कृष्टिना गुरुङ

अर्थ/विजनेश
Spread the love

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त कलाकारद्धय अभिनेता प्रदिप खडका र अभिनेत्री कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र अभिनेत्री गुरुङ्गले प्रभु बैंक लिमिटेड को विज्ञापन सार्वजनिक गरेका थिए । नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्तकलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त हुनुभएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *