नबिल बैंक र दराज नेपालको सहकार्यमा दराजका विक्रेताहरूलाई ‘सारथी’ योजना

अर्थ/विजनेश
Spread the love

काठमाडौं / नबिल बैंक लिमिटेड र दराज नेपाल प्रा लि.ले नेपालका साना तथा मझौला उद्ध्यमीलाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसंग जोदने देशकै ठूलो अनलाइन प्ल्यतफर्म हो ।

नबिल बैंक र दराज नेपालको सहकार्यमा “सारथी” भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन् । यो कार्यक्रम सबै मझौला उध्यम्मी ग्राहकहरुका लागि बनाइएको छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

नबिल बैंकका डेपुटी सीईओ, श्री सुजित कुमार शाक्य र दराज क्यामु प्रा लिका प्रबन्ध निर्देशक, श्री लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पुयाउनु रहेको छ ।

“सारथी” कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड – १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पुयाउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।
त्यस्तै, दराज क्यामु प्रा लि.का प्रबन्ध निर्देशकले भने, सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड – १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । नेपाली आर्थिक क्षेत्र लाई अझ मजबुत बनाउन हामी यस “सारथी” कार्यक्रम बाट नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।

आफ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ ।

https://www.daraz.com.np/wow/camp/daraz/megascenario/np/campaigns/daraz-sarathi-program?hybrid=1

नबिल बैंक आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ ब्त्ः र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *