नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

अर्थ/विजनेश
Spread the love

काठमाडौं । नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आउनुभएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गर्नुभएका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएको थियो ।

अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याउनुभएको योगदान सम्मानयोग्य छ । उहाको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसले उहा सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ ।

यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहनुभयो । उहा पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त हुनुभएको थियो । त्यसपछि, उहा सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुदै आउनुभएको थियो । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उहाको पनि महत्वपूर्ण भूमिका छ ।

अध्यक्षको पदावधि सकिए सगै बैंकले नया अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उहालाई अध्यक्षमा नियुक्त गरेको हो ।

२०७४ मंसिर १५ गतेदेखि उहा सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उहा पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्छ ।

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उहा सफल बैंकरसगै समाजसेवीका रूपमा समेत परिचित हुनुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *