चौरीदेउराली / काभ्रेको चौरीदेउराली गाउपालिकामा पुराना घरको छानो फेरिने भएको छ । खर ,पराल,छवाली आदिले छाएको घरको छानो फेर्न लागीएको गाँउपालिकाका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो ।
सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५० हजार अनुदानको समेत ब्यवस्था रहेको गाँउपालिकाका अध्यक्ष गौतमले जानकारी दिनुभयो । निकट भविष्यमा चौरीदेउराली गाउपालिकामा कुनै पनि खर ,परालको छाना भएको घर नरहने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
गरिबीको रेखामुनी रहेका पराल, खर को छाना भएका घर परिवारलाई जस्ता पाताको छानामुनी ल्याउने उद्देश्यले सरकारले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरेको हो ।
खर पराल आदिले छाएको घरमा बसोवास गर्ने सबैलाई आफ्नो घरको विवरण वडाकार्यलयमा पेश गर्न गाँउपालिकाले अनुरोध गरेको छ । छानो फेर्नुपर्ने ब्यक्तीले यहि असोज २१ गते सम्म वडाकार्यलयमा बिवरण पेश गर्न सकिने बताईएको छ ।