चौरिदेउराली गाउँपालिकामा निशुल्क आँखा शिविर सन्चालन हुने

राजनीति
Spread the love

चौरिदेउराली । काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिकामा निशुल्क आँखा शिविर सन्चालन हुने भएको छ । चौरी देउराली गाउँपालिकाको आयोजनामा ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको निशुल्क मोतिबिन्दुको सल्यकृया हुने भएको हो । गाउँपालिकको प्रत्यक वडामा सन्चालन हुने निशुल्क आँखा शिविरमा बिपन्न बर्ग , आर्थिक अवस्था कमजोर भएका मनिसहरुलाई लक्षित गरिएको अध्यक्ष दिननाथ गौतमले जानकारी गराउनु भयो । चौरीदेउराली गाउँपालिकाका जनतालाई निःशुल्क आँखा उपचार सेवा दिन स्थानिय सरकारले निशुल्क आँखा शिविर आयोजना गरेको अध्यक्ष  गौतमले बताउनु भयो ।

आर्थिक कारणले नियमित आँखाको जाँच गराउन नसक्ने मानिस हरुलाई उक्त सिभिर ले धेरै फाईदा पुराउने चौरिदेउराली गाउँपालिका बिस्वोस्त छ । सिनियर आँखा चिकित्सक को टोलीले ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको निशुल्क मोतिबिन्दुको सल्यकृया गर्नेछ । गाउँपालिकाको एकल खर्चमा उक्त शिविर सन्चालन हुन लागेको हो ।

आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत चौरीदेउराली गाउँपालिकले सबै वडामा आँखा उपचार सेवा पुर्‍याउने लक्ष्यका साथ पुष ९ गते देखी पुष २४ गते सम्म मोतिबिन्दु सम्बन्धि आँखा शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा आँखा परिक्षण गरिनुका साथै आवश्यक्ता अनुसार निशुल्क औषधी वितरण पनि गरिने कार्यपालिका प्रमुख प्रसासकिय अधिक्रित महान दास लामाले बताउनु भयो ।

चौरिदेउराली गाउँपालिकाले एक सुचना निकाल्दै गाउँपालिकाको सबै वडा मा उक्त सिभिर सन्चालन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *