नेप्सेमा दोहोरो अङ्कको वृद्धि

अर्थ/विजनेश
Spread the love

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ बिन्दुले बढेर एक हजार ५७१.०४ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक २.९८ बिन्दुले बढेर ३१०.१५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर  दुई अरब ८० करोड ७७ लाख आठ हजार १३७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत्  २४.७६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ । 

यस्तै बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, निर्जीवन बीमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, लघुवित्त २०.८१ र जीवन बीमा १५७.३३ बिन्दुले उकालो लाग्यो ।

कारोवारका आधारमा बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रहेको छ । सो बैंकको  १४ करोड ७६ लाख ५६ हजार ३९ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै शिखर इन्स्योरेन्स  १३ करोड ४७ लाख १२ हजार ७२७ रुपैयाँ, अरुण भ्याली हाइड्रो पावर  १२ करोड ३० लाख ८१ हजार ६१२ रुपैयाँ, नेपाल पुनःबीमा कम्पनी आठ करोड ४१ लाख ७३ हजार ७४७ रुपैयाँ, नेको इन्स्योरेन्स सात करोड ७९ लाख ९१ हजार ८९२ रुपैयाँ, कुमारी बैंक  छ करोड ७५ लाख ८४ हजार ८४७ रुपैयाँ र कामना सेवा विकास बैंक  छ करोड ७२ लाख ८० हजार ७४२रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक १०, कामना सेवा विकास बैंक ९.६३, मल्टीपर्पोज फिनान्स कम्पनी ९.६०, कर्पोरेट डेभलपमेन्ट बैंक ९.५८, दिव्यश्वरी हाइड्रोपावर ९.५२, बैंक अफ काठमाडौँ ९.३० र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.१९ प्रतिशतले कमाए । यस्तै माउण्टेन हाइड्रो ९.८०, पञ्चकन्या माई हाइड्रो ६.६७, हिमालयन ऊर्जा विकास कम्पनी ६.३७, युनिभर्सल पावर कम्पनी ५.९७, रैराङ हाइड्रोपावर ५.३३ र युनाइटेड मोदीका लगानीकर्ताले ५.१६ प्रतिशतले गुमाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *