काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइन मार्फत सम्पन्न

शिक्षा/स्वास्थ्य समाज
Spread the love

धुलिखेल / धुलिखेल स्थित काठमाडांै विश्वविद्यालयका प्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइन प्रबिद्यिको उपयोग गरि नयाँ कार्य समितिको निर्वाचित समेत गर्दै आइतबार सम्पन भएको छ ।

यस अधिबेशनमा प्रमुख अतिथिका तर्फ काठमाडौं विश्वविद्यालयका पुर्ब कुलपति एवं नेपाली कांग्रेसका सभापति श्री शेर बहादुर देउबाले भिडियो सन्देश मार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट आफ्नो नियमित पठनपाठन र अधिवेशन सम्पन्न गरी अरुलाई समेत उदाहरण पेश गरेकोमा प्राध्यापक संघको कार्यको प्रशंसा गनु भएको थियो । साथै उहाँले विश्वविद्यालयका पदाधिकारीलाई आफ्ना कमिकमजोरी सच्चाएर आगाडी बढ्न जोड दिनु भयो ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयका पुर्ब कुलपति एवं नेकपाका अध्यक्ष श्री पुष्पकमल दाहालले बिशेष शुभकामना पत्र पठाउनु भएको थियो । पूर्व प्रधानमन्त्रि दाहालले विश्वविद्यालयले कायम गरेको शैक्षिक गुणस्तरमा विश्वविद्यालयका प्राध्यापकहरुको अथक मेहनत र परिश्रम रहेको ब्यक्त गर्नु भएको छ ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मंत्री गिरिराजमणि पोखरेल अस्वस्थताका कारण कार्यक्रममा सहभागि हुन नसके पनि शुभकामना सन्देश पठाउनु भएको थियो र त्यसमा शैक्षिक क्यालेन्डरलाइ ब्यवस्थित गराउन प्राध्यापकहरुको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्त गर्नु भएको थियो ।

विशेष अतिथिका रुपमा यस अधिबेशनलाई नास्टका उपकुलपति डा. सुनिल श्रेष्ठ र नेपाल प्राध्यापक संघका प्रा. डा बुद्घ बहादुर थापाले सम्वोधन गर्नु भएको थियो । विश्व विद्यालय अनुदान आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका प्राध्यापक संघहरु, वैचारीक प्राध्यापक संघहरु, काठमाडौं विश्वविद्यालय सभाका सदस्य, काठमाडौं विश्वविद्यालय कार्यकारी परिषदका सदस्य, कर्मचारी संघ, प्राध्यापक, विद्यार्थी तथा सञ्चारकर्मी विच सम्पन्न कार्यक्रमको सभापतित्व डा.बेदमणि दाहालले गर्नु भएको थियो । डा. दाहालले संघको आधिकारीकतामा चाडो निर्णय गर्न सम्वन्धित सवैलाई आग्रह गर्नु भयो ।

आजैको अधिबेशनमा निर्वाचन समितिले तयार गरेको विद्युतीय मतदान प्रक्रिया मार्फत केन्द्रिय कार्य समितिको सभापतिमा प्रा. डा. बिबेक बराल, महासचिबमा डा. बिकास अधिकारी लगायत ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । स्कूल इकाइ हरुमा निर्विरोध सभापतिहरुको चयन भएको छ । काठमाडौ विश्वविद्यालयका प्राध्यापकहरुले नै विकास गरेको सफ्टवयरबाट मतदान भएको हो । बिगतमा काठमाण्डौ विश्वविद्यालयसंग भएका सहमति कार्यन्यवन गराउने तथा विश्वविद्यालयको गुणस्तर वृद्धि गर्दै अध्ययन अध्यापन र अनुसन्धानमा देशकै प्रमुख गन्तब्य बनाउन पहल गर्नु नव निर्वाचित कार्यसमितिको उदेश्य रहेको प्राध्यापकहरुको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *