अमेरिकी न्यायाधीशले एप स्टोरबाट चिनियाँ स्वामित्वको म्यासेजिङ एप विच्याट हटाउनुपर्ने आदेशमाथि रोक लगाइदिएकी छन्।
ट्रम्पले एप्पल स्टोर र प्ले स्टोरलाई आइतबार अबेरसम्म सो एपलाई आफ्नो स्टोरबाट अमेरिकामा डाउनलोड गर्न नमिल्ने बनाउने आदेश दिएका थिए।
विच्याट प्रयोगकर्ताको मुद्धामाथि सुनुवाइ गर्दै सान फ्रान्सिस्कोकी मेजिस्ट्रेट लउरेल बिलरले ट्रम्पको आदेशमाथि रोक लगाउने आदेश दिएकी हुन्।